गाडी जलाउन खोजेको होइन, रोकेको हो-नेविसंघ
मेचीनगर । मेचीनगरकी उपप्रमुख मीना उप्रेती चढेको गाडीमा आगजनीको प्रयास गरेको आरोप अस्वीकार गर्दै नेपाल विद्यार्थी संघ झापाले भनाई सार्वजनिक गरेको छ ।
संघका सभापति राजेन्द्र उप्रेतीले सरकारी गाडीहरुलाई आज चलाउन नदिने क्रममा उपप्रमुख उप्रेती चढेको गाडीलाई आफ्ना कार्यकर्ताहरुले रोकेको स्वीकार गर्दै जलाउन भने नखोजेको जनाएका छन् । सभापति उप्रेतीले आज साँझ प्रेस विज्ञप्ति जारी गरी घटना बारेमा प्रतिक्रिया जनाएका हुन् ।

बुधवार तनहुँमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा संघको केन्द्रीय कार्यक्रम अनुसार आज देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धाइजन नजिक पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नम्बरको गाडीमा रहेकै अवस्थामा नेविसंघका कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफुलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आएकी छन् । उनी नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला अपरान्ह ३ बजेतिर घटना भएको हो ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

