झापाका सडक मानवलाइ न्यानो कपडा बितरण
झापा । झापाका सडक पेटिमा बस्ने असहाय मानवका लागि न्यानो कपड बितरण गरिएको छ । सबैका लागी खाना, नाना र छाना १ भन्नेमुल नाराका साथ हाम्रो अभियान ले काकडभिट्टा बाट यो अभियान सुरु गरेको हो ।
पूर्वी नाका बाट उर्लाबारी सम्मका सडक आस्रित असहायको लागि ओडने,ओछ्याउने,ज्याकेट,जुत्ता, टोपि, न्यानो कपडाहरु बितरण गरिएको छ । झापाका सडकमा बस्ने यश खालका मानवका लागि लगडाउनको समय राहत बितरण देखि खाना बितरणमा सकृय हाम्रो अभियानले अहिले न्यानो कपडा बितरण गरेको हो । झापाका काकँरभिट्टा ,धुलाबारी ,चारआलि,बिर्तामोड ,सुरुङ्गा,दमकका सडकमा ५० बढि मानवका लागि न्यानो १ जोर कपडा ,ब्लाङ्केट,म्याट,टोपि बितरण गरिएको हो ।
अभियानमा अभियनता नरेश मोहरा,बिष्णु आचार्य,खगेन्द्र घिमिरे,भरत यादव,सन्दीप प्रसाईं, सन्दीप गिरी,बिज्ञानराज पौडेल ,सन्जिव मैनाली,कबिन्द्र श्रेष्ठ ,दिपक दास लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रममा प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सकारात्मक मन हरु प्रती अभियान ले धन्यवाद दिएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
