यो बर्ष ऐतिहासिक ठूटेबर मेला नलाग्ने

शान्तिनगर । परापूर्व कालदेखि झापाको शान्तिनगरमा लाग्दै आएको ऐतिहासिक ठूटेबर मेला यस पटक नलाग्ने भएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटन मेलाका रुपमा ठूटेबर मेला परिचित छ ।
बुद्धशान्ति–६ ९साविक शान्तिनगर–९० मा लाग्दै आएको मेला यस पटक विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नलाइने निर्णय भएको मेला समिति सचिव सोमनाथ पौड्यालले जानकारी दिए । कार्तिक पूर्णिमाका दिन मेला लाग्ने गर्ने गरेकोमा यस पटक कोरोनाका कारण स्थगित गरिएको बताइएको छ । यस पटक मंसीर १५ गते कार्तिक पूर्णिमा परेको छ ।
मेला भर्न आन्तरिक पर्यटकको घुँइचो हुने गरेको शान्तिनगर यस पटक भने विश्वव्यापी कोरोना भाइरसका कारण कार्तिक पूर्णिमामा सुनसान हुनेछ ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...