मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको भवन बन्ने
मेचीनगर । मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । सोमबार उपप्रमुख मिना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको नगरपालिका कार्यपालिकाको बैठकले मेचीनगरको ६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बनाउने निर्णय गरेको हो ।
ती तिनै वटा भवन बनाउन ३ करोड भन्दाबढी रकममा टेण्डरमार्फत ठेक्का लागिसकेको उपप्रमुख उप्रेतीले बताइन् ।
त्यसका लागि टेण्डर आह्वन गरेर ती वडा कार्यालयहरुको भवन निर्माण कार्यमा गइसकेको छ ।
त्यस्तै बैठकले मेचीनगर–२, ५, १२ र १३ नम्बर वडा कार्यालयको भवन निर्माणका टेण्डर प्रकिया शुरु गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् ।
यी चार वटा भवन बनाउन वहुवर्षीय योजना मार्फत चालु आर्थिक वर्षका लागि १ करोड ३० लाख रुपैयाँ छुट्टाईएको उनको भनाइ छ ।
यसअघि नगरपालिकाले वडा नम्बर १, ३, ७ र ९ को कार्यालयको भवन बनाईसकेको छ ।
मेचीनगर–४, ११, १४ र १५ नम्बर वडा कार्यालय पहिलैदेखि आफ्नै पुरानो पक्की भवनमा छ ।
मेचीनगरका १५ वटै वडा कार्यालयको भवन चालु आर्थक वर्ष र अर्को आर्थिक वर्षभित्र पुरा हुने उपप्रमुख उप्रेतीले दावी गरिन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
