मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको भवन बन्ने

मेचीनगर । मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । सोमबार उपप्रमुख मिना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको नगरपालिका कार्यपालिकाको बैठकले मेचीनगरको ६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बनाउने निर्णय गरेको हो ।
ती तिनै वटा भवन बनाउन ३ करोड भन्दाबढी रकममा टेण्डरमार्फत ठेक्का लागिसकेको उपप्रमुख उप्रेतीले बताइन् ।
त्यसका लागि टेण्डर आह्वन गरेर ती वडा कार्यालयहरुको भवन निर्माण कार्यमा गइसकेको छ ।
त्यस्तै बैठकले मेचीनगर–२, ५, १२ र १३ नम्बर वडा कार्यालयको भवन निर्माणका टेण्डर प्रकिया शुरु गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् ।
यी चार वटा भवन बनाउन वहुवर्षीय योजना मार्फत चालु आर्थिक वर्षका लागि १ करोड ३० लाख रुपैयाँ छुट्टाईएको उनको भनाइ छ ।
यसअघि नगरपालिकाले वडा नम्बर १, ३, ७ र ९ को कार्यालयको भवन बनाईसकेको छ ।
मेचीनगर–४, ११, १४ र १५ नम्बर वडा कार्यालय पहिलैदेखि आफ्नै पुरानो पक्की भवनमा छ ।
मेचीनगरका १५ वटै वडा कार्यालयको भवन चालु आर्थक वर्ष र अर्को आर्थिक वर्षभित्र पुरा हुने उपप्रमुख उप्रेतीले दावी गरिन् ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...