झापामा आज २ को मृत्यु, मेचीनगर ८ सहित ९० जनामा कोरोना संक्रमण
मेचीनगर । झापामा आज ९० जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ११ वटा पालिकामा ३८ महिला र ५२ जना पुरुषसहित ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, हल्दीबारी गाउँपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, झापा गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका १ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज मृत्यु हुनेमा १ महिला र १ जना पुरुष छन् । भद्रपुर–८ का ७३ वर्षीय पुरुष र मेचीनगर–४ की ८२ वर्षीया महिलाको विराटनगर स्थित कोशी कोभिड–१९ अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३२ हजार ५४६ स्वाब संकलन गरिएका मध्ये ३ हजार ३६१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ । सकृय संक्रमित ९९२ र निको भएर घर फर्किएका २ हजार २७३ रहेको चौलागाईले बताए ।
बिर्तामोड । झापा ११ एफसीले भारतको सिक्किममा जारी...
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...