कोरोना संक्रमणबाट झापामा आज २ को मृत्यु, ७५ जना संक्रमित
मेचीनगर । झापामा आज ७५ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ३५ महिला र ४० जना पुरुषसहित ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।
दमक नगरपालिकामा १० महिलासहित २० जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ७ जना, गौरादह नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ११ जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, कमल गाउँपालिकामा ३ महिलासहित ४ जना, झापा गाउँपालिकामा ४ महिलासहित ६ जना, कनकाई नगरपालिकामा २ महिलासहित ४ जना, गौरीगञ्ज गाउँपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष र हल्दीबारी गाउँपालिकामा ३ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज मृत्यु हुनेमा २ जना पुरुष छन् । दमक–९ का ७० वर्षीय पुरुषको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा र झापा–७ का ७२ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३२ हजार ५४ जनाको स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये ३ हजार १६८ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९० जनाको मृत्यु भइसकेको छ ।
हालसम्म निको भएर घर फर्किएका १ हजार ९८५ छन् भने सकृय संक्रमित १ हजार ९५ जना रहेको चौलागाईले जानकारी दिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...