कोरोना संक्रमणबाट झापामा आज २ को मृत्यु, ७५ जना संक्रमित
मेचीनगर । झापामा आज ७५ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ३५ महिला र ४० जना पुरुषसहित ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।
दमक नगरपालिकामा १० महिलासहित २० जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ७ जना, गौरादह नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ११ जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, कमल गाउँपालिकामा ३ महिलासहित ४ जना, झापा गाउँपालिकामा ४ महिलासहित ६ जना, कनकाई नगरपालिकामा २ महिलासहित ४ जना, गौरीगञ्ज गाउँपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष र हल्दीबारी गाउँपालिकामा ३ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज मृत्यु हुनेमा २ जना पुरुष छन् । दमक–९ का ७० वर्षीय पुरुषको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा र झापा–७ का ७२ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३२ हजार ५४ जनाको स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये ३ हजार १६८ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९० जनाको मृत्यु भइसकेको छ ।
हालसम्म निको भएर घर फर्किएका १ हजार ९८५ छन् भने सकृय संक्रमित १ हजार ९५ जना रहेको चौलागाईले जानकारी दिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
