झापामा गाई तिहारका दिन भैंसीको पनि पूजा


झापा । गाई तिहार र लक्ष्मी पूजा अर्थात कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर(आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर पवित्र तुल्याउने हिन्दूहरूको सदियौ देखिको परम्परका छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् र तिहारमा लक्ष्मीको प्रतिकात्मक मानेर पूजा गर्छन् ।

तर, झापाको शिवसताक्षीका घर घरमा गाईको पूजा भईरहँदा एउटा घरमा भैंसीको पनि गाई सरह पूजा भइरहेको पाईयो । भैंसीलाई पूजा गर्ने विधि र प्रकृया गाई समानको छ । भैंसीको पुजा गरिरहेकी शिवसताक्षी नगरपालिका वडा नम्बर ५ भेलामुनिकी चन्द्रवती राजबंशीले भैंसीको सिंग, खुर, यौनाङ्गमा तोरीको तेल लगाएर, रङ्गीबिरङ्गी रंङले भैंसीको शरीर शृङ्गारेर पूजा गरेको बताइन् ।

पूजा गर्नुपुर्व उनले भैंसीलाई नुहाएर अन्य दिन भन्दा फरक आहार दिएर पूजा गरेकी थिइन् । ‘भैंसीलाई कुनै रोग व्याध नलागोस, अरुका आँखा नलागुन्, दुध धेरै दियोस भनेर महिषासुरलाई पुकारेको थिए,’ उनले भनिन् ।

बाबु बाजे देखिनै गाई तिहारका दिन भैंसीको पुजा गर्ने चलन रहिआएकोले राजबंशीले पनि भैंसीको पूजा बर्षेनी गर्ने गरेकी छन् । बाबु बाजेको रीतिरिवाज र परम्परा त छोड्नु भएन नी,’ उनले भनिन् । विाहन गाई र गोरुको पूजा गरेकी राजंबंशीले मध्यान्न भैंसीको पुजा गरेकी हुन् । ‘गाई, गोरु र भैंसीलाई बर्षेनी आजैका दिन पूजा गर्ने गरेको उनले बताएकी छन् ।

राजंबशीको श्रीमान् शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हुन् । उनले तराईका राजबंशी, ताजपुरिया, गनगाई, मेचे, धिमाल, गणेश, थारु, लगायतका जातले बर्षौ देखी भैंसी पूजा गर्ने संस्कार र परम्परालाई निरन्तरता दिएको बताए । पितृलोकका अधिदेवता भनेर मानिने यमराजको वाहनका रुपमा रहेको राँगो र भैसीलाई नै पुजा गर्ने गरेको उनले बताए । ‘यमराजलाई सवार गराउने जनवारका रुपमा भैंसीलाई पुजा गरिएको हो,’ उनले भने ।

वडा नम्बर ५ कै कतिपय ठाँउमा राजंबंशी समुदायका महिलाले गाईको पुजा गरिरहेका थिए । घरमा भैसी नभएकाले गाईको पुजा गरिएको उनिहरुले बताएका छन् । शिवसताक्षी नगरपालकाको वडा नम्बर ४, ५ र ६ का केहि भाग राजबंशी, ताजपुरीया समुदायका मानिसको बाहुल्यता रहेको छ ।

भदौमा पाडी पाएको भैसीको पूजा गर्दा अति उत्तम फल प्राप्त हुने धार्मिक बिस्वास रहिआएको वडा अध्यक्ष राजबंशीले बताएका छन् । उनले पूजा गरेको भैसीले भदौमा पाडी पाएको थियो । उनले गाई सरहको भैसी पुजा गर्दा अचम्म र कुनै धर्म संस्कृती र परम्परा माथी कटाक्ष नभएको पनि बताए । ‘हामी र हाम्रो धर्म पनि हिन्दु हो । लक्ष्मीको प्रतिकका रुपमा गाइको पूजा गर्नेले यमराजको वाहन राँगो र भैंसीको पूजा नगर्दा एउटै धर्म मान्ने मानिसमा बेमेल आएको वडा अध्यक्ष राजबंशीले गुनासो गरे ।

साभार : वेलकमसताक्षी डटकम