काँकरभिट्टामा मनाइयो लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती (फोटो फिचर)
मेचीनगर । काँकरभिट्टाको देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरी उनको ११२ औं जन्मजयन्ती मनाइएको छ ।

कोराना कहरका बीच युवाहरुको पहलमा आज अपरान्ह ३ बजेपछि आयोजित जन्मजयन्ती कार्यक्रममा वक्ताहरुले देवकोटाको कृतित्व र योगदानको बारेमा चर्चा गरेका थिए । साँझ पार्कमा दीप प्रज्ज्वलन गरिएको थियो । कोरोना कहरका कारण कार्यक्रमस्थलमा प्रवेश गरेका सबै पाहुनालाई नयाँ मास्क लगाउन दिएर र भौतिक दूरी मिलाएर बस्ने व्यवस्था मिलाइएको थियो । वक्ताहरु थोरै राखिनुका साथै मञ्चमा कसैलाई पनि आसनग्रहण गराइएको थिएन ।

देवकोटा पार्क व्यवस्थापन समिति तथा देवकोटा जन्मजयन्ती आयोजक समितिका अध्यक्ष बालकृष्ण थापाको अध्यक्षतामा भएको देवकोटा जयन्ती कार्यक्रममा संविधानसभा सदस्य तथा मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख रविन कोइराला, सुसेली साहित्य परिवारका संस्थापक एवम् साहित्यकार पुण्यप्रसाद खरेल, प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगरकी कार्यवाहक नगरप्रमुख मीना उप्रेती, प्रदेश नं। १ का बन, उद्योग तथा पर्यटन मन्त्रालयका सचिव मेघनाथ काफ्ले र मेचीनगर १० का वडाध्यक्ष ललित तामाङले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्क व्यवस्थापन समितिका महासचिव फडिन्द्र घिमिरेले गरेका थिए ।
सबै तस्वीर : नरेन्द्र रौले

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...