‘नयाँ नेतृत्व स्थापित गर्न म तयार छु’
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व छोड्न तयार भएमा पार्टीको विवाद समाधान हुने बताएका छन्। वरिष्ठ नेता माधव नेपालसँगको भेटमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्व स्थापित गरेर जान आफू तयार रहेको बताएका हुन् ।
वरिष्ठ नेता नेपाल आफूनिकटका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर आइतबार बालुवाटार पुगेका थिए । नेपाल पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवादको कारक प्रचण्डसहितका पाँच नेता रहेको आरोप लगाएका थिए।
‘विवादको जड ३२ वर्षदेखि १४ वर्षसम्म पार्टी प्रमुख र पटक(पटक सरकार प्रमुख भइसकेका व्यक्ति हुन्। सबैले छोडदिएपछि त्यो समस्या समाधान हुन्छ। नयाँ पुस्तालाई दिउँ भन्ने नै प्रधानमन्त्रीको भनाइ हो,’ प्रधानमन्त्रीनिकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘प्रधानमन्त्रीले त्यसो भन्दा उहाँले हुन्न भन्न मिलेन। उहाँले त म दसौं महाधिवशेनमा उठ्दिन भनेर लिखित भाषणसहित नवौं महाधिवशेनमा अध्यक्ष लड्नुभएको थियो। त्यही भएर उहाँ बोल्न सक्नुहुन्न। नयाँ पिढीलाई दिउँभन्दा अरु तीन जना खुसी हुने नै भए ।’
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३२ वर्ष पार्टी प्रमुख र दुईपटक प्रधानमन्त्री भएको, वरिष्ठ नेता माधव नेपाल १६ वर्ष पार्टी प्रमुख र २१ महिना प्रधानमन्त्री भएको प्रसंग निकालेका थिए ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल १४ वर्ष पार्टी प्रमुख र ६ महिना प्रधानमन्त्री भएको प्रसंगसमेत उठाएका थिए। त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटेर पटक–पटक पार्टी प्रमुख भएको प्रसंगसमेत प्रधानमन्त्रीले उठाएको बालुवाटार स्रोतको दाबी छ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
