बेहुली झै सिँगारियो काँकरभिट्टाको देवकोटा पार्क
काँकरभिट्टा । काँकरभिट्टास्थित देवकोटा पार्कको रौनक यतिबेला बेग्लै छ । व्यस्त बजारबीच यो पार्क चिटिक्क सिँगारिदैछ ।
नयाँ रंगरोगन, थरीथरीका फूल, धुपीका बोटहरू र यहाँको माहोलले सबैलाई लोभ्याउँछ । साँझको समयमा बल्ने झिलिमिली बत्तिले त पार्कको सौन्दर्यता झनै बढाइदिएको छ ।

कुनैबेला फोहोर फ्याँक्ने ठाउँ यति सुन्दर पार्क होला भन्ने कसैलाई कल्पना पनि थिएन । देवकोटा पार्क निर्माण समितिका जुझारू केही व्यक्तिहरूको प्रयासले यो ठाउँले मुहार फेरेको हो । केही वर्षभित्रै यो पार्कको स्वरूपमा ब्यापक परिवर्तन आएको छ ।

यसै देवकोटा पार्कमा कात्तिक २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइँदै छ । यस पार्कमा आयोजना हुन लागेको विशेष कार्यक्रमको तयारीका लागि दिनहुँ काम भइरहेको छ । ‘कोभिड–१९ को महामारीका बेला शारीरिक दुरी कायम राखेर कार्यक्रम आयोजना गर्दैछौं,’ देवकोटा पार्क निर्माण व्यवस्थापन संयोजक तथा सल्लाहकार समितिका संयोजक बालकृष्ण थापाले भने ।

‘यतिबेला पार्कको सजावटको काम भइरहेको छ । हाम्रो तयारी लगभग अन्तिम चरणमा छ । हामीले विषम परिस्थितिमा सजगता अपनाएर कार्यक्रम गर्नेछौं,’ देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेलले भने । दिउँसो सालिकमा माल्र्यापण गर्ने र साँझ दिपावली गने कार्यक्रम राखिएको छ । देवकोटा जयन्तीमा स्थानीय जनप्रतिनिधि, पत्रकार, साहित्यअनुरागीहरूको भेला हुनेछ । विगतमा पार्कको रेखदेख गर्दै आएका मृतक यामप्रसाद दाहालकी आमालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको पार्क व्यवस्थापन समिति अध्यक्ष खरेलले बताए ।

साभार : रातो पोस्ट साप्ताहिक
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
