शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग
मेचीनगर । नेपाल उत्पीडित जातिय मुक्ति समाज झापाले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरेका छन् । जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा आलीलाई ज्ञापन पत्र बुझाउदै समाजले शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गरेका हो ।
‘सञ्चारकर्मी रुपा सुनुवारलाई जातकै कारण कोठा नदिएको र कोठा नदिने घरबेटीलाई नेपाल सरकारकै मन्त्रीले छुटाउँदै गाडीमा हालेर घर पु¥याई दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’
ज्ञापन पत्रमा भनिएको छ– ‘माननिय मन्त्री श्रेष्ठले राज्य शक्तिको दुरुपयोग गर्दै नेपालको सविंधानको प्रस्तावना, धारा १८ को समानताको हक र धारा २४(५) बमोजिम सामाजिक अपराध गरेकाले कानुन बमोजिम कार्वाहीको माग गदैछौै ।’
समाजका केन्द्रीय सचिवालय सदस्य टिकाराम मंग्रातीको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएका हुन् ।
समाजका झापा जिल्ला इन्चार्ज गोपाल ल्वागुन र सह– इन्चार्ज धनश्याम लोकन्द्रीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा अभियुत्त सरस्वती प्रधानलाई तत्काल पक्राउ गर्न र थप अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । समाजले पीडित सुनुवारको सरक्षाको ग्यारेण्टी गर्न समेत माग गरेको छ ।


काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
