पुलबाट लडेर गम्भीर घाइते घैलाडुब्बाका गिरीको रकम अभावमा अपरेशन हुन सकेन
मेचीनगर । मेचीनगर– ५ घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले उद्धार गरी उनलाई स्थानीय क्लिनिकमा ल्याए ।
अवस्था असामान्य देखिए पछि उनलाई धुलावारीस्थित आम्दा मेची अस्पताल पु¥याए । तर, त्यहाँसमेत उनको उपचार संभव भएन । अस्पतालको सिफारिसमा उनलाई बिर्तासिटि अस्पताल बिर्तामोड लगियो ।
चिकित्सकका अनुसार लडेर घाइते बनेका उनको पिसाव थैली फुटेको रहेछ । जसका कारण सन्तोष अहिले पिसाब फेर्न नसक्ने अवस्थामा छन् । उनको पिसाब बन्द भएको छ ।
पिसाब र रगत बिकारको रुपमा पेटमा जम्मा हुन थालेको छ । डाक्टरले उनलाई तत्काल मेजर अपरेशन गर्नु पर्ने बताएका छन् । जसका लागि करीब २ लाख ५० हजार रुपैयाँ शल्यक्रिया गराउँन आवश्यक पर्ने अस्पतालले बताएको छ ।
हात मुख जोर्नसमेत धौधौ पर्ने उनको परिवार अहिले अस्पतालले भने बमोजिमको रकम जुटाउन नसकि रोइ कराई गरि रहेको छ । ‘हामीसँग एक रुपैयाँ पैसा छैन्, सन्तोषकी आमाले भनिन्– कसैले सहयोग गरे मेरो छोरो बाँच्ने थियो, आँखाबाट आँशु बगाउँदै उनले भनिन् ।
परिवारका अनुसार अस्पताललले जति सक्दो चाँडो अपरेशन गर्नुपर्ने जनाएको छ । आर्थिक अभावका कारण उनको अपरेशन रोकिदा २७ बर्षीय गिरी ‘जीवन–मरण’ को दोसाँधमा बाँचि रहेका छन् ।
उनकी आमा घर गाउँमा लुगा कपडा धुने र भाडा माझ्ने काम गर्छिन् । गिरीका एक श्रीमती र दुई छोराहरु छन् । ज्याला मजदुरी गरेर गुजारा चलाउने उनको परिवार यति बेला गम्भीर संकटमा छ ।
सुरुमा प्राथमिक उपचारनै गर्न नसक्ने अवस्थाका गिरीलाई स्थानीय निशा फार्मेशीका सञ्चालक राम मगरको पहलमा उनलाई अस्पतालसम्म पु¥याइएको थियो ।
अस्पतालको हालसम्मको उपचारमा मेची अभियानका अभियन्ता विजय डालमियाले समन्वय गरि रहेका छन् ।
उनको तत्काल मेजर अपरेशन गर्नु पर्ने भएकाले मानवीय भावनाले सहयोग गर्न र उनको जीवन बचाउँन फार्मेशी सञ्चालक मगरले सबैलाई आग्रह गरेका छन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
