कारवाही गरेर देखाउन पार्टीलाई मेयर आचार्यको चेतावनी
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले ढुंगा गिटी लगायतका विषयमा पार्टीले कारवाही गरेर देखाउन चेतावनी दिएका छन् । आज नगरका पाँचै राजनीतिक दलले ढुंगा गिटीका विषयमा ज्ञापनपत्र बुझाउदै गर्दा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् ।
‘नेपाली कांग्रेसबाटै चुनाव जितेर मेयर भएको हुँ’ मेयर आचार्यले भने–‘पार्टीको महासमिति सदस्य छु, पार्टीले मलाई कारवाही गरेर देखाउन चुनौति दिन्छु । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री पनि सबै पार्टीबाटै आएका हुन् । गलत गरेको जस्तो लाग्छ भने पार्टीले कारवाही गरेर देखाओस् ।’
प्रमुख आचार्यले छानविन कार्य निष्पक्ष ढंगले होस् भनेर सबै कागजात अख्तियार पठाइएको स्पष्ट पारे । ‘यहीँ छानविन गरेको भए आशंकाहरु उत्पन्न हुन सक्छन् भनेर हामीले अख्तियार पठाएको हौँ,’ उनले भने, ‘अरु पनि छुटेका केही छन् भने दिनोस्, हामी पठाइदिन्छौँ ।’
प्रमुख आचार्यले पहुँच र पावर छ भने अख्तियारलाई दह्रोसँग छानविन गर्न लगाउन पनि राजनीतिक दलहरुलाई चेतावनी दिए । ‘तपाईंहरु कुनै न कुनै पार्टीको हुनुहुन्छ, तपाईंहरुको पहुँच पुग्छ भने छानविनका लागि दबाव दिनोस् ।’
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

