पूर्वेली समाज जापानले मेची अस्पताल दियो ५० थान पीपीई

मेचीनगर । कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने उद्घेश्यले पूर्वेली सेवा समाज जापानले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ५० पसि पीपीई सेट प्रदान गरेको छ । कोरोनाविरुद्धको लडाइँमा सहयोग पुर्याउनका लागि समाजले उक्त परिमाणको पीपीई सेट अस्पताललाई उपलब्ध गराएको समाजका संयोजक भुषण दाहालले जानकारी दिए ।
शुक्रबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा समाजको प्रतिनिधित्व गदैं मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल र निमित्त मेसु टंकप्रसाद बाराकोटीलाई उक्त सामाग्री प्रदान गरे ।
विपतका बखत संस्थाले झापावासीका लागि देखाएको सदासहायताप्रति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले धन्यवाद ज्ञापन गरेका थिए ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...