वडाध्यक्ष पनेरुलाई नागरिकप्रति गैरजिम्मेवार कार्यहरु तत्काल बन्द गर्न एमालेको चेतावनी
विर्तामोड । नेकपा एमालेले मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुलाई सार्वजनिक माफी माग्दै नागरिकप्रति गैरजिम्मेवार कार्यहरु तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
सरकारले उपलब्ध गराएको कोभिड विरुद्धको खोप कार्यक्रममा वडाध्यक्ष पनेरुले आफ्ना चिनजान र आफन्तहरुलाई प्राथमिकता दिएका कारण लक्षित उमेर समूह खोपबाट बञ्चित भएको एमालेको दावी छ ।
मेचीनगर ९ र १० को संयुक्त खोप केन्द्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा पनेरुले मनमर्जी गरेको नेकपा एमाले मेचीनगरको आरोप छ । खोप कार्यक्रम सञ्चालन भइरहँदा स्थानीयले गलत काम नगर्न आग्रह गर्दा वडाध्यक्ष पनेरुले उल्टै गालीगलौजमा उत्रिएको घटनाप्रति एमालेले विरोध जनाएको छ ।
एमालेले विज्ञप्ति जारी गर्दै उनलाई तत्काल सार्वजनिक रुपमा माफी माग्दै गलत किसिमका कामहरु बन्द गर्न चेतावनी दिंदै सो घटनाको छानविन गरि दोषीलाई तत्काल कानुनी कारवाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा नेकपा एमाले मेचीनगर ९ काअध्यक्ष कमलमणि पौडेल, र १० का अध्यक्ष प्रकाश खड्काले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
