योगदान राष्ट्रका लागि : स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण
भद्रपुर । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले भद्रपुर, हल्दिबारी लगायतका स्थानमा रहेको कोभिड अस्पतालमा रहेका बिरामीहरुलाई आज स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।
मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ६५ जना, भद्रपुर कलवगुढीको आइसोलेसनमा रहेका ५ र हल्दिबारी वडा नं.२ को आइसोलेसनमा रहेका ९ जना गरि जम्मा ७९ जनालाई उक्त सामग्री वितरण गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रैलाले जानकारी दिए । आफ्नो नगरपालिकामा आई विरामी रहेका नगरबासीहरुलाई सहयोग गरेकोमा भद्रपुर नगरपालिकाका अध्यक्ष जीवन कुमार श्रेष्ठले पनि संस्था प्रति आभार प्रकट गरे ।

योगदान राष्ट्रियको लागि केन्द्रीय समिति, विश्व भुटानी हिन्दु सङ्गठन अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दीपक खनाल अस्ट्रेलिया, सदिक्षा साही अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा हङकङ, निरमणि खनालबाट सङ्कलन गरिएको रकमबाट सङ्क्रमितको लागि सहयोग जुटाएको योगदान राष्ट्रियको लागि जिल्ला समितिका सचिव सजु बुढाथोकीले जानकारी दिए।

स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण कार्यक्रममा उपस्थित भएका जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले संस्थाको खुलेर प्रसंसा गरे । यस अघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको यस संस्थाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको उनले जानकारी दिए ।
विगतका दिनहरुमा बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकामा पनि यस्तै प्रकारको राहत प्याकेज वितरण गरेको यस संस्थाले आगामी दिनमा झापा जिल्लाका १५ वटै स्थानीय तहमा यस्तो सहयोग गर्ने संस्थाका प्रदेश संयोजक चेतना निरौलाले प्रतिबद्धता व्यक्त गरे ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


