घरमै पुगेर खाना खुवाउदैं इटाभट्टा रोट्रयाक
मेचीनगर । कोभिड १९ को नियन्त्रण र रोकथाममा अग्रभागमा सक्रिय सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गदैं सामाजिकक्षेत्रमा क्रियाशील रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले कोभिड १९ का कारण जारी निषेधाज्ञका कारण समस्यामा परेकालाई खनाको व्यवस्था गरेको छ । युवा व्यवसायी तथा मेची उद्योग बाणिज्य संघका व्यवसायी दीपेन्द्रराज पाण्डेको संयोजनमा तथा स्टुडेण्ट राईजिङ टिमको सहकार्यमा मेचीनगरका विभिन्न वडाका नयाँ वस्ती, पुरानो भन्सार, सालघारी, जोरसिमल इटाभट्टालगायतका स्थानमा ६० जनालाई घरमै पुगेर खाना खुवाएको हो ।

यो अभियान निषेधाज्ञ अवधिभर र वातावरण सहज नभईञ्जेल यसलाई निरन्तरता दिने रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले जानकारी दिनुभयो । यसअघि क्लबले नेपाल भारतसीमाक्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री प्रदान गरेको थियो । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘रोट्रयाक सामाजिक उत्तरदायित्व बहन गर्नबाट कहिले पछि हट्दैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘अहिले विश्वमा महामारीका रुपमा रहेकाले कोभिड १९ नियन्त्रण र रोकथाममा पनि अग्रसर रहेको र साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता व्यक्त गर्दछु ।’

क्लबले नगरभित्र रहेका सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी र सीमा प्रहरी चौकीलाई अक्सिमिटर, सर्जिकल मास्क, सेनिटाइजर र फेस शिल्डलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । मेची उद्योग बाणिज्य संघका सदस्य युवा व्यवसायी दीपेन्द्रराज पाण्डेले यस्तो महासंकटका बखत रोट्रयाकले निक्कै प्रशंसनिय काम गरेको बताउनुहुन्छ । अहिले हरेकक्षेत्र कोभिड १९ नियन्त्रण र रोकथाममा एकजुट भएर लाग्नुपर्ने अवसथामा यस क्लबले भूमिका निभाएको उहाँको भनाई छ ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
