मेचीनगरमा ‘दोस्रो आदर्श इण्डो कराते खुल्ला प्रतियागिता’ हुने
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही असोज १७ र १८ गते ‘दोस्रो आदर्श इण्डो कराते खुल्ला प्रतियागिता’ हुने भएको छ ।
मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी विद्यालय परिसरमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष मुक्ति काफ्लेका अनुसार प्रतियोगितामा भारतबाट १५० तथा नेपालका १५० खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगिताको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष काफ्लेले खेलमार्फत मेचीनगरलाई चिनाउन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि विदेशमा रहेका पूर्वखेलाडी तथा खेलप्रेमीहरुको सहयोगबाट सम्पन्न गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक स्वास्थ्य तथा वातावरण मञ्च मेचीनगर–७ रहेको छ । जसको अध्यक्ष गणेश मैनाली रहेका छन् । पत्रकार सम्मेलनमा कराते प्रशिक्षक कृष्ण बस्नेतले खेलबारे जानकारी गराएका थिए ।
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
