अस्टिनका नेपालीद्वारा बाढीपीडितलाई ३ लाख २ हजार सहयोग
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अमेरिकाको टेक्सासस्थित अस्टिनका नेपालीहरू सहयोगमा जुटेका छन्।
अस्टिनमा सक्रिय युनाइटेड नेपाल फुटबल क्लब (UNFC) ले बाढीपीडितको सहयोगार्थ च्यारिटी फुटबल खेल तथा सहयोग संकलन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा रेड लायन्स र ब्लु सामुराईबीच मैत्रीपूर्ण फुटबल खेल खेलाइएको थियो।

बाढीका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा कार्यक्रममा मैनबत्ती प्रज्वलन गर्दै श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो। खेल तथा सहयोग संकलन कार्यक्रमबाट २ हजार अमेरिकी डलर (करिब ३ लाख २ हजार नेपाली रुपैयाँ) संकलन भएको थियो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
UNFC का पदाधिकारी पुष्कर दाहालका अनुसार नेपालमा विपद् पर्दा विदेशमा रहेका नेपालीहरू पनि आफ्नो मातृभूमिको दुःखमा साथ दिन एकजुट हुने गरेका छन्। आर्थिक सहयोगसँगै मानवीय एकता र सामाजिक उत्तरदायित्वको भावना अभिव्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

“समुदाय एकजुट हुँदा सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ,” आयोजकहरूले भने।
UNFC ले आगामी दिनमा पनि नेपालमा आइपर्ने विपद् तथा सामाजिक आवश्यकतामा आफ्नो तर्फबाट सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

