बाहुनडाँगी जेसीजको १३ लाखको राहत सामग्री रसुवातर्फ
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। राहत सामग्री बोकेको जेसीज टोलीलाई मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बिदाइ गरेका छन्।
बाहुनडाँगी जेसीजले गत भदौ १० गते रसुवाका बाढीपीडितका लागि राहत सङ्कलन अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो। सोही अभियानअन्तर्गत विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाको सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री सङ्कलन गरिएको हो।
अभियानमा मेचीनगर लेडी जेसीज, बारदर्शी जेसीज र सुरुङ्गा जेसीजले समेत सहयोग गरेका छन्। बाहुनडाँगी जेसीजका निवर्तमान अध्यक्ष नित्यानन्द चौलागाईंको संयोजकत्वमा सुरु भएको अभियानमार्फत सङ्कलित नगद रकमबाट समेत पीडितलाई आवश्यक सामग्री खरिद गरिएको जनाइएको छ।
राहत सामग्री रसुवाको बेत्रावतीसम्म पुर्याइने बाहुनडाँगी जेसीज वर्ष २०२६ का अध्यक्ष निकेशराज दाहालले जानकारी दिए। उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा जेसीज शाखाप्रति धन्यवाद व्यक्त गरे।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

