बाढीपीडितका लागि मेची क्राउनको २६ लाख सहयोग


मेचीनगर । झापाको मेचीनगर–८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।

होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री गणेश पौडेल लाई भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

विपद्को कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।