रसुवा बाढीपीडितका लागि मेचीनगरका जनप्रतिनिधिको सहयोग घोषणा
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि मेचीनगरका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा वडा सदस्यहरूले पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने घोषणा गरेका हुन् ।
नगरप्रमुखले रु. ५ हजार र नगर उपप्रमुखले रु. ५ हजार सहयोग गर्ने घोषणा गरेका छन्। त्यसैगरी कार्यपालिका सदस्यले रु. २ हजार, वडा अध्यक्षले रु. २ हजार तथा वडा सदस्यले रु. १ हजार सहयोग गर्ने भएका छन् ।
विपद्को समयमा पीडितलाई राहत र उद्धारमा सहयोग पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयाेग गर्न लागिएको नगर प्रमूख गाेपाल चन्द्र बुढाथोकीले बताए ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूले उद्धार तथा राहत कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सबैले सहयाेग गर्नुपर्ने नगरप्रमुख बुढाथोकीले बताए ।
मेचीनगरका जनप्रतिनिधिहरूको यो सहयोगले विपद्को समयमा स्थानीय तहका जनप्रतिनिधिबीचको मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई समेत देखाएको छ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
