केन्द्रको बजेट : मेचीनगरलाई ७६ करोड ५२ लाख, सबै भन्दा कम हल्दिवारीलाई
मेचीनगर । सरकारले आर्थिक वर्ष २०७८र ७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।
यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।
हेर्नुहोस्, पालिकाअनुसार विनियोजित बजेटः
अर्जुनधारा नगरपालिका : ४७ करोड ७१ लाख
कन्काई नगरपालिका : ५८ करोड १८ लाख
गौरादह नगरपालिका : ४८ करोड ५१ लाख
दमक नगरपालिका : ७० करोड १७ लाख
विर्तामोड नगरपालिका : ७० करोड १७ लाख
भद्रपुर नगरपालिका : ५० करोड ०६ लाख
मेचीनगर नगरपालिका : ७६ करोड ५२ लाख
शिवसताक्षी नगरपालिका : ५७ करोड ९७ लाख
गाउँपालिका
गौरीगंज गाउँपालिका :३४ करोड ८६ लाख
कचनकबल गाउँपालिका :३८ करोड ८७ लाद
कमल गाउँपालिका :४८ करोड ३३ लाख
झापा गाउँपालिका :३४ करोड ८४ लाख
बाह्रदशी गाउँपालिका :३४ करोड १८ लाख
बुद्वशान्ती गाउँपालिका :३५ करोड ७६ लाख
हल्दिवारी गाउँपालिका :३२ करोड ३१ लाख
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
