होटल सेभेन इनका सञ्चालक गुरुङ युवतीसहित पक्राउ


बिर्तामोड । पछिल्लो समय होटलमा यौन गतिविधि तीव्र हुने झापाको बिर्तामोडस्थित सैनिकमोड क्षेत्रको एक होटलका सञ्चालकसहित युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिर्तामोड ३ सैनिकमोडमा सञ्चालनमा रहेको होटल सेभेन इनका सञ्चालक गंगा गुरुङ र त्यहाँ रहेका युवतीहरुलाई पक्राउ गरिएको हो ।

यौनजन्य क्रियाकलापमा संलग्न रहँदै आएका दुईजना युवतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । युवती राखेर यौन व्यवसाय सञ्चालन गरिरहेको गुनासो बढेपछि प्रहरीले सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको प्रहरी टोलीले हिजो राति त्यहाँका होटलहरुमा छापा मारेको हो । अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलहरुमा सर्च अपरेसन जारी रहेको प्रहरीको भनाइ छ ।

सैनिकमोड क्षेत्रमा रहेका तीनवटा आँखा अस्पतालमा उपचार गराउन आउने भारतीय सेवाग्राहीलाई लक्षित गरेर आधिकांश होटलहरुले यौनजन्य कार्यका लागि युवती राख्ने गरेका छन् ।