मेचीनगरको सार्वजनिक सुनुवाईमा प्रश्नै प्रश्न प्रहार
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर जनआक्रोस पोखिएको छ ।
नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाई गर्न अनुमति दिएको थियो । तर, कार्यक्रममा नगरवासीको उपस्थिति खासै थिएन ।
कर्मचारी र सञ्चारकर्मी अनि केही व्यक्तिको मात्रै सहभागिताले सुनुवाई कार्यक्रममाथि प्रश्न चिन्ह उठाइएको छ । सहभागी अधिकांशले सुनुवाई कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।
कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य तथा प्रशासनिक क्षेत्रका समस्या गम्भीर रुपमा उठाएका छन् । शिक्षा क्षेत्रका कमजोरीलाई जोडतोडका साथ प्रश्न उठाउँदा नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन सकेनन् । शिक्षा प्रमुख भण्डारीले शैक्षिक क्षेत्रको उन्नयनका निम्ति नगर लागि परेको बताएका थिए ।
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले नगरवासीले उठाएका समस्या पहिचान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरलाई समृद्ध बनाउन लागि पर्ने बताए । उनले नगरका कतिपय समस्या समाधान गरिएको र कतिपय समस्यालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...