अनुमति दिए आफ्नै स्रोतबाट खोप किन्छौ–मेचीनगर नगरपालिका

झापा । आफ्ना नगरबासीका लागि कोरोना बिरुद्ध खोप लगाउन आफ्नै स्रोतबाट खोप किन्न झापाको मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमति मागेको छ ।
नगरकार्यपालिकाको बैठकले कोरोना बिरुद्धको खोप किनेर नगरबासीसबैलाई लगाउन खोप किन्ने निर्णय गरेको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए ।
‘सरकारले मात्रै किनेर ल्याउन नसक्ने हो भने हामी खोप किन्न तयार छौं’ नगरप्रमुख आचार्यले भन्नुभयो, ‘आफ्ना नगरबासीको जीवन रक्षाका लागि हामीले हाम्रै स्रोतबाट खोप किन्ने निर्णय गरेका छौं ।’
स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नितिगत रुपमा नै गरिदिनु पर्ने आचार्यले बताए । यस अघि खोप लगाएर बाँकी रहेका नगरबासीका लागि नगरपालिकाले आफैं खोप किन्न आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत नगरप्रमुख आचार्यले बताए ।
मेचीनगरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ भने अहिलेसम्म १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । सेतोपत्रबाट

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...