अनुमति दिए आफ्नै स्रोतबाट खोप किन्छौ–मेचीनगर नगरपालिका
झापा । आफ्ना नगरबासीका लागि कोरोना बिरुद्ध खोप लगाउन आफ्नै स्रोतबाट खोप किन्न झापाको मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमति मागेको छ ।
नगरकार्यपालिकाको बैठकले कोरोना बिरुद्धको खोप किनेर नगरबासीसबैलाई लगाउन खोप किन्ने निर्णय गरेको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए ।
‘सरकारले मात्रै किनेर ल्याउन नसक्ने हो भने हामी खोप किन्न तयार छौं’ नगरप्रमुख आचार्यले भन्नुभयो, ‘आफ्ना नगरबासीको जीवन रक्षाका लागि हामीले हाम्रै स्रोतबाट खोप किन्ने निर्णय गरेका छौं ।’
स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नितिगत रुपमा नै गरिदिनु पर्ने आचार्यले बताए । यस अघि खोप लगाएर बाँकी रहेका नगरबासीका लागि नगरपालिकाले आफैं खोप किन्न आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत नगरप्रमुख आचार्यले बताए ।
मेचीनगरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ भने अहिलेसम्म १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । सेतोपत्रबाट
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
