अब ५०० रुपैयाँसम्मको सामानमा भन्सार छुट
मेचीनगर । सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी १०० रुपैयाँभन्दा धेरैको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएर ५०० पुर्याएको छ । अर्थ मन्त्रालयले साविकमा १०० रुपैयाँसम्म रहेको सीमा बढाएर ५०० पुर्याएको हो ।
राजपत्रमा प्रकाशित सूचनामा ५०० रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ ।
सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बसिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए ।
स्थलमार्गबाट सीमा ओहरदोहर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाइका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनावसमेत देखिएको थियो ।
अघिल्लो वर्ष नै १०० रुपैयाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहारतः भन्सार नलाग्ने अभ्यास थियो । नयाँ सरकारले कार्यन्वयनमा कडाइ गरेको हो ।
सिमा क्षेत्रका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारि जाने गरेका छन् ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
