प्रेस क्लब मेचीनगरले पत्रकारहरूको स्वास्थ्य परिक्षण गरिदिने
मेचीनगर । प्रेस क्लब मेचीनगरले फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने पत्रकारहरूको स्वास्थ्य परिक्षण गरिदिने भएको छ ।
मनिषा मेडिकल हल काँकरभिट्टाको प्राविधिक सहयोगमा क्लबले बिहिवार निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको हो ।
अहिलेको विषम् परिस्थितिमा पत्रकारहरूको स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै क्लबले पत्रकारहरूको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए ।
स्वास्थ्य शिविरमा पत्रकारहरूको अक्सिजन लेभल, छाती र नाडीको धड्कन मापन, छातीको एक्स–रे लगायतका प्रारम्भिक चरणका स्वास्थ्य जाँच गरिने क्लबका सचिव जिआर धितालले जानकारी दिए ।
क्लबले यसअघि पनि नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
साथै सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिदै आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
