आजदेखि मेचीनगरमा प्रथम चारआली गोल्डकप सुरु हुँदै
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता हातेमालो खेल मैदानमा सञ्चालन हुने आयोजक बज्र स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिताको सहआयोजक चारआली युथ रहेको छ ।
आयोजक संस्थाका अध्यक्ष फुर्मा लामाका अनुसार प्रतियोगितामा भारतको एक टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा आज इलामको रेड हर्स फुटबल क्लब र भारतको दार्जिलिङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु दुई लाख, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु एक लाख, मेडल र ट्रफी पाउने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रु दुई हजारसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट विधागत खेलाडीलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिनेछ ।
दोस्रो क्वार्टरफाइनल खेल जेठ १६ गते उर्लाबारी फुटबल क्लब र शनिश्चरे फुटबल क्लबबीच हुनेछ । तेस्रो क्वार्टरफाइनलमा जेठ १७ गते चारआली युथ क्लब र मोरङको केराबारी फुटबल क्लब आमनेसामने हुनेछन् ।
अन्तिम क्वार्टरफाइनल खेलमा बुधबारेको आदर्श युवा क्लब र कचनकवलको बगान युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

