मेची उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेल मैदानमा
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न युवा ब्यवसायी भुमि पौडेलले अध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन् । पौडेलले (आज) बुधबार पत्रकारसमक्ष मेची उद्योग वाणिज्य संघमा आबद्ध हुने सबै उद्योगी९ब्यवसायीको हकहित तथा अधिकारका लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने जानकारी दिएका हुन् ।
मेची उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि २१ औं बैशाख १९ गते चुनावी प्रतिश्पर्धा हुदैछ । आपसी सहमति खोज्ने र सहमति हुन नसके लोकतान्त्रिक विधि प्रक्रियाबाट चुनावी प्रतिश्पर्धामा जाने भएको हो । जसका लागि दुई दशकयता ब्यवसायलाई कर्मक्षेत्र बनाएका भूमी पौडेलले संस्थाको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।अध्यक्ष पदका प्रत्यासी पौडेल मेची उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष हुन् । आफु उपाध्यक्ष भएको कार्यकालमा देखिएका कमजोरीलाई अध्यक्षको नेतृत्व पाएपछि सफल बनाउने युवा ब्यवसायी पौडेलले भनाई छ । कतिपय ब्यवसायीहरुले सञ्चालन गर्दै आएको उद्योग९ब्यवसायमा आमूल परिवर्तन गर्न र नीतिगत रुपमा हकहित तथा अधिकारको आभास दिलाउन अध्यक्ष पदमा आफुले उम्मेद्वारी दिने निर्णय गरेको हुँ, अध्यक्षका प्रत्यासी युवा ब्यवसायी पौडेलले भने, ञमेची उद्योग बाणिज्य संघको नेतृत्व हत्याउन गर्दै आएको विभिन्न प्रपन्च गर्नेको विरुद्धमा रहेको छु, बर्षौदेखि नवीकरण नगरी बसेका ब्यापारीको पान नम्बर नवीकरण गरिदिने प्रथाको अन्त्य गर्नेछु।झ
साना र ठुला ब्यवसायीलाई एकै दर्जामा राखेर करको भारी बोकाएको बिषयलाई मध्यनजर गर्दै करमा सहुलियत र दोहोरो कर प्रणालीलाई अन्त्य गर्न आफुले पहल गरिने पौडेलको भनाई थियो ।
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...

