कक्षा-८ काे नतिजा : मेचीनगर १७३७ मात्र पास
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक हजार ७३७ जना विद्यार्थी कक्षा-९ पढ्न याेग्य भएका छन् ।
यही चैत ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको साे परिक्षामा दुई हजार ४४७ जना विद्यार्थी सहभागी भएका थिए ।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हाेमनाथ भण्डारीले सामुदायिक विद्यालयबाट एक हजार ६३ जना र संस्थागत विद्यालयबाट एक हजार ३८४ जना विद्यार्थी सहभागी भएकाे बताए ।
सहभागी मध्ये एक हजार ७३७ जना विद्यार्थी कक्षा-९ पढ्न याेग्य भएकाे जानकारी दिए । ७१० जना विद्यार्थी भने नन् ग्रेडिङ भएका छन् ।
कक्षा-८ काे नतिजा हिजाे विहीबार सार्वजनिक भएको थियाे ।
याेग्य हुने विद्यार्थीहरू मध्ये सामुदायिकबाट ५१९ जना र संस्थागत विद्यालयबाट एक हजार २१८ जना रहेका छन् ।
७०.९८ प्रतिशत याेग्य भएका मध्ये सामुदायिकबाट ५१.१७ प्रतिशत र संस्थागत विद्यालयबाट ८८ प्रतिशत
छन् ।
नगरका ७४ वटा विद्यालय सहभागी भएका मध्ये २८ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय थिए ।
भण्डारीले सहभागी विद्यालय मध्ये शतप्रतिशत नतिजा ल्याउने सामुदायिकबाट एउटा र संस्थागतबाट ६ वटा रहेकाे बताए ।
शतप्रतिशत नतिजा ल्याउने सामुदायिकमा मेचीनगर-३ काे बलभद्र आधारभूत विद्यालय एक्लाे रहेकाे छ ।
यस्तै संस्थागत विद्यालयहरूमा मेचीनगर-२ काे सनसाइन इङलिस बाेर्डिङ स्कुल, मेचीनगर-४ काे अंशु एकेडेमी, मेचीनगर-१५ काे सुप्रभा इङलिस विद्या सदन, मेचीनगर-१० काे शारदा शिशु सदन, मेचीनगर-७ काे झापा नेशनल स्कुल र मेचीनगर-६ स्थित शान्तिपथ बाेर्डिङ स्कुल रहेका छन् ।
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...


