मेचीनगर–१४ का एक जना पुरुषको कोरोनाबाट मृत्यु
मेचीनगर, १० जेठ । मेचीनगर–१४ स्थित कलमवाडीका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालले बताए ।
ज्वरो र खोकीले सताएपछि ७ दिनअघि बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेलले बताए । सोहि अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनका श्रीमती, एकजना छोरा र एउटी छोरी छन् । उनको आज दिउसो स्थानीय हडिया खोलामा नेपाली सेनाको व्यवस्थापनमा दाहसंस्कार गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


