झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले ‘जेएनएस कला उत्सव’ गरेको छ । ७ सयजना विद्यार्थीको कलालाई स्टेजमार्फत एकैसाथ प्रदर्शन गरिएको हो ।
भव्य कार्यक्रमका बीच आयोजित ‘जेएनएस कला उत्सव’ मा विद्यार्थीको गायन, नृत्य, ड्रामा, भाषण कला, उद्घोषण, फेसन सो लोभलाग्दो थियो । विद्यार्थीको प्रस्तुति देखेर अभिभावकहरु पनि दंग परेका थिए ।
विद्यालयका प्रिन्सिपल कमल भेटवालको अध्यक्षता तथा मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरे, जेष्ठ नागरिक पिताम्बर शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रिन्सिपल कमल भेटवालले कार्यक्रम माथि प्रकाश पार्दै कला उत्सवमार्फत हरेक विद्यार्थीको प्रतिभालाई समान रुपमा देखाउन अवसर प्रदान गरिएको बताए । कार्यक्रममा स्कूलका संरक्षक चुडामणि भेटवाल, सीतादेवी भेटवाल, संस्थापक अस्मिता बराल लगायत विभिन्न टोल विकास समितिका अध्यक्ष तथा संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कक्षा ४ सम्म बुकलेस लागू गरिएको झापा नेशनल स्कूल प्रविधिमैत्री शिक्षण सिकाइमा अब्बल छ । अतिरिक्त कृयाकलापमा अगाडि रहेको उक्त विद्यालयले हरेक विद्यार्थीलाई किताबी ज्ञानभन्दा पनि व्यावहारिक शिक्षालाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउँदै आएको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...