धुलावारी जेसिज अध्यक्षमा ढकाल, महासचिवमा पौडेल
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पासाङल्हामु स्मृति जेसिज प्रतिष्ठानमा आयोजित कार्यक्रममा वर्ष २०२६ का लागि चयन भएको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।
एक व्यक्ति, एक कार्यकाल को मर्मअनुसार धुलावारी जेसिजको अध्यक्षमा मनोज ढकाल र महासचिवमा आशिष पौडेल चयन भएका छन्।
कार्यकारी उपाध्यक्षमा शुनिल राजवंशी र सचेत घिमिरे, कोषाध्यक्षमा धिरज दाहाल तथा कानुनी सल्लाहकारमा निश्चल पौडेल चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा राहुल रौनियार, नविन आचार्य, प्रज्वल प्रसाईं र डिल्ली खनाल रहेका छन्।

कार्यक्रमको अध्यक्षता वर्ष २०२५ का अध्यक्ष डिल्लीराम भण्डारी ले गरेका थिए भने सञ्चालन वर्ष २०२५ का महासचिव श्याम शिवाकोटी र वर्ष २०२६ का महासचिव आशिष पौडेल ले गरेका थिए।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै राष्ट्रिय पदाधिकारी, पूर्व अध्यक्षहरू, छिमेकी शाखाका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
