आदर्श माविले जित्यो भलिबल प्रतियोगिता
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता
काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । एमिटी पब्लिक स्कुलको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बन्दै आदर्श मावि इटाभट्टाले उपाधि हात पारेको हो ।
फाइनलमा सरस्वती मावि वाहुण्डाँगीलाई सोझो सेटमा पराजित गर्दै आदर्श विजेता बन्यो । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि वडासदस्य ध्रुव राई, विशिष्ट अतिथि एन्-प्याब्सन झापा अध्यक्ष धर्मराज माझीलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आदर्श माविका रुपेश गौतम घोषित भए । समापन समारोहमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि राई, अतिथिहरु एन्(प्याब्सन अध्यक्ष माझी, भानु साहित्यिक प्रतिष्ठान अध्यक्ष डिल्लीराम घिमिरे, जीआर धिताललगायतले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल सुवर्ण भट्टराईको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन विद्यालयकी कोअर्डिनेटर सीता अधिकारीले गरेकी थिइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
