मेचीनगर : पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम बन्दै गरेको अवस्था छ । राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये एउटा एशियन हाइवे अन्तरगत पूर्व–पश्चिम राजमार्गको काँकरभिट्टादेखि लौकही सडक खण्डसम्म चार ल्याण्डको सडक भव्य रुपमा बन्दै छ ।
अर्कोतर्फ भारतको सिलीगुडीदेखि झापाको मेचीनगरसम्म पेट्रोलियम पाइपलाइनको ग्रिन फिल्ड ट्रर्मिलन चारआलीमा निर्माण हुँदैछ । झापाको मुख्य सडकका विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम तिव्र गतिमा भइरहेको छ । अबको दुई वर्षभित्र काँकरभिट्टादेखि लौकही सडक खण्डसम्म पिच चिल्लो बन्ने छ ।
यस्तै, यता नेपाल आयल निगम लिमिटेडद्वारा प्रस्तावित सिलीगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजना अन्तरगतको झापातर्फ १४ दशमलव ६ किलोमिटर ग्रिन फिल्ड ट्रर्मिलन निर्माणको कामको प्रक्रियाहरु धमाधम भइरहेको छ ।
भारततर्फ सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर बढी र यता मेचीपुलदेखि चारआलीसम्म १४ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारका लागि भारत सरकारले सातसय करोड भारु अनुदान दिएको छ ।
पेट्रोलियम पाइपलाइन विस्तार हुँदा मेचीनगरको ६, ७, ८, १०, १३ र १४ नम्बर वडाको क्षेत्र पर्दछ ।
ग्रिन फिल्ड ट्रर्मिलनका लागि चारआलीमा २३ विघा तीन कठ्ठा १३ धुर जग्गा सुरक्षित राखिएको छ । सोही ठाउँमा पेट्रोलियम पदार्थको भण्डारण गर्ने योजना निगमको छ ।
त्यसैका लागि भण्डारण तथा पेट्रोलियम पाइपलाइन विस्तारलाई सहज बनाउन स्थानीय सरकार, सरोकारवाला, दलका प्रमुखहरुसँग वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम पनि भइरहेको छ ।
निगमले आइतबार विहान मेचीनगर नगरपालिकाको सभा हलमा स्थानीय सरकारसँग तथा दिउँसो चारआली स्थित परियोजना परिसरमा जनप्रतिनिधि, सरोकारवाला र स्थानीयबासीसँग पनि ईआइए सम्बन्धी छलफल गरेको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, ७ नम्बर वडाका वडाध्यक्ष प्रलादमणि ओली, मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष नविन कोइराला लगायतले पेट्रोलियम पाइपलाइनले आफ्नो क्षेत्रमा पार्ने असर र फाइदाका विषयमा निगमको ध्यानाकर्षण गराएका थिए ।
यता चारआलीमा आयोजित कार्यक्रममा १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल, १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बा, स्थानीय समाजसेवी सरद शिवाकोटी, वद्री महत, श्री मरासिनी लगायतले स्वास्थ्य, शिक्षा, सुरक्षा र अदालतमा विचारधिन रहेको विवादित दुई विघा जग्गाका विषयमा पनि कुरा उठाएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा निगमका तर्फबाट नायव कार्यकारी निर्देशक दीपक बराल, निर्देशक इन्जिनियर वीनितमणि उपाध्यय, परियोजनाका परामर्शदाता रेडनट इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिका बातावरणीय विज्ञ रामकुमार तामाङले स्थानीय सरकार, सरोकारवाला, जनप्रतिनिधि र स्थानीयबासीहरुको सुझाव र जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा परियोजनाका संयोजक सुरेन्द्र महतो, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती लगायतको सहभागिता रहेको थियो ।
दुवै ठाउँको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण हवाई इनधन डिपो भद्रपुर कार्यालयका प्रमुख सन्दिप रिमालले गरेका थिए ।
सोमबार विहान मेचीनगर नगरपालिकाको समन्वयमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग पेट्रोलियम पाइपलाइन विस्तार र ईआइए सम्बन्धी सर्वदलिय वैठक बस्ने भएको छ ।

मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
महालक्ष्मी सहकारीकाे साधारणसभा : पत्रकार घिमिरेसहित कर्मचारीलाई सम्मान
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
गृहलक्ष्मी सहकारीको साधारण सभा : अध्यक्षमा पुन : श्रेष्ठ
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ, बढ्यो शो
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...