नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ । उनकाे आज विहान ५:२५ मा निजी निवासमा मेचीनगर-७ स्थित ईटाभट्टामा निधन भएको हाे ।
बारूणयन्त्र इकाईका इन्चार्ज समेत रहेका ५९ वर्षीय गुरागाई गत एक वर्षदेखि पायल्स राेगबाट ग्रसीत रहेका थिए । पायल्स वीग्रीएर ठुलाे आन्द्राकाे दुई पटक शल्यक्रिया गरिएको थियाे । आन्द्रामा क्यान्सर भएपछि घरैमा थलिएका थिए ।
उनका एक जना श्रीमती र दुई छाेरामा कान्छा छाेरा नरेश गुरागाईकाे यसअघि नै निधन भएको थियाे । उनका श्रीमती तुलसा, जेठा छाेरा राजेश, वुहारी निर्मला र नाति निश्चल गुरागाई छन् ।
असई गुरागाई नगरपालिका स्थापना कालदेखिनै नगर प्रहरीमा कार्यरत थिए । एक कुशल, इमानदार र राष्ट्र सेवकप्रति वफादार रहेका गुरागाईकाे निधनले नगरपालिका परिवार र सिङ्गाे मेचीनगर स्तब्ध बनेकाे छ । गुरागाईकाे निधनमा नगरपालिकाले शाेक विदा दिएकाे छ ।

मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
