महालक्ष्मी सहकारीकाे साधारणसभा : पत्रकार घिमिरेसहित कर्मचारीलाई सम्मान
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी संस्था लि.ले पत्रकार खगेन्द्र घिमिरेसहित दर्जनबढी कर्मचारीलाई सम्मान गरेको छ । सोमबार संस्थाको १७ औं माईन्युट प्रमाणिकरण वार्षिक साधारणसभाकाे अवसरमा उक्त सम्मान गरेको हो ।
झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा प्रमुख अतिथ्यता तथा टीका सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नियमित बचतकर्तादेखि उत्कृष्ट कृषक, पत्रकार र कर्मचारीलाई सम्मान गरिएको छ । उत्कृष्ट कृषकको रूपमा रविचन्द्र शर्मा नेपाल र उत्कृष्ट पत्रकारको रूपमा खगेन्द्र घिमिरेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै नियमित बचतकर्ता कामाख्या देबी रीजाल, रीता न्यौपाने, खुत्रुके बचत कर्ता गीता भट्टराई, यसोदा निरौला बाल बचत कर्ता आयुष राजबंशी, आरती कार्की, उत्कृष्ट ऋणी पदमबहादुर खवास मजुनी सार्की, जेष्ठ कृयाशिल सदस्य तुलसादेबी दाहाल, अमुल्य राजबंशी, पेन्सन बचततर्फ श्रीप्रसाद अधिकारी चन्द्रमाया चौधरी उत्कृष्ट कर्मचारी पार्बता अधिकारीलाई सम्मान पत्र दाेसल्ला नगदसहित सम्मान गरिएको थियोे ।
संस्थाले कृषक सदस्यहरूलाई उन्नत बिउविजन, प्राङ्गारिक मल र जैविक मलको प्रयोगमा प्रोत्साहन गर्दै आधुनिक तरकारी खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको छ। गाउँघरमा खेर गइरहेका मकैको खोसेला तथा परालको उपयोगमार्फत ५० जना महिलालाई स्वरोजगार बनाउने उद्देश्यले हस्तकला तालिमसमेत दिइँदै आएको अध्यक्ष टीका सुवेदीले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षदेखि सहकारीले कम्प्युटर प्रणालीमार्फत वित्तीय कारोबार, रेमिट्यान्स सेवा, क्यूआर कोड र बचत संकलनका लागि ट्याप प्रणाली जस्ता प्रविधिमुखी सेवा सुरु गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा सहकारीले सदस्य संख्या १० प्रतिशतले बढाएर ३ हजार ७० पुर्याउने, शेयर पूँजी २० प्रतिशतले वृद्धि गरी १ करोड ९० लाख ६२ हजार ५०० पुर्याउने, कर्जा र निक्षेप वृद्धि गर्ने लगायतका योजना अघि सारेको अध्यक्ष सुवेदीले प्रतिवेदनमार्फत जानकारी दिए ।
२०६४ मा ५४ जना सदस्यले ५४ हजार शेयर पूँजीसहित स्थापना गरेको सहकारीको हाल कुल शेयर पूँजी १ करोड ५८ लाख ८५ हजार पुगेको अध्यक्ष सुवेदीले जानकारी दिए । सहकारीमा हाल १ हजार ६०१ महिला र १ हजार १३१ पुरुष गरी कुल २ हजार ७९२ जना सदस्य रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रेमकुमार श्रेष्ठ, मेचीनगर साकोसकी पुष्पा भण्डारी, असल कृषक रविचन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक प्रेमकुमारी सुवेदीले गरेकी थिइन् ।
इण्डो नेपाल मेचीनगर मिडिया कपको खेल तालिका सार्वजनिक
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
पुस ३० देखि बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
खुट्टिडाँगी वनको साधारण सभा : सेल्फी पुल बनाउँदै, माछापालन आफैँ गर्ने
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
प्याब्सन मेचीनगरको साधारण सभा सम्पन्न
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
होराइजन ‘डान्सिङ आइडल सिन्सा’ र ‘सिंगिङ आइडल प्रतिक विक’
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
