महालक्ष्मी सहकारीकाे साधारणसभा : पत्रकार घिमिरेसहित कर्मचारीलाई सम्मान
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी संस्था लि.ले पत्रकार खगेन्द्र घिमिरेसहित दर्जनबढी कर्मचारीलाई सम्मान गरेको छ । सोमबार संस्थाको १७ औं माईन्युट प्रमाणिकरण वार्षिक साधारणसभाकाे अवसरमा उक्त सम्मान गरेको हो ।
झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा प्रमुख अतिथ्यता तथा टीका सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नियमित बचतकर्तादेखि उत्कृष्ट कृषक, पत्रकार र कर्मचारीलाई सम्मान गरिएको छ । उत्कृष्ट कृषकको रूपमा रविचन्द्र शर्मा नेपाल र उत्कृष्ट पत्रकारको रूपमा खगेन्द्र घिमिरेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै नियमित बचतकर्ता कामाख्या देबी रीजाल, रीता न्यौपाने, खुत्रुके बचत कर्ता गीता भट्टराई, यसोदा निरौला बाल बचत कर्ता आयुष राजबंशी, आरती कार्की, उत्कृष्ट ऋणी पदमबहादुर खवास मजुनी सार्की, जेष्ठ कृयाशिल सदस्य तुलसादेबी दाहाल, अमुल्य राजबंशी, पेन्सन बचततर्फ श्रीप्रसाद अधिकारी चन्द्रमाया चौधरी उत्कृष्ट कर्मचारी पार्बता अधिकारीलाई सम्मान पत्र दाेसल्ला नगदसहित सम्मान गरिएको थियोे ।
संस्थाले कृषक सदस्यहरूलाई उन्नत बिउविजन, प्राङ्गारिक मल र जैविक मलको प्रयोगमा प्रोत्साहन गर्दै आधुनिक तरकारी खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको छ। गाउँघरमा खेर गइरहेका मकैको खोसेला तथा परालको उपयोगमार्फत ५० जना महिलालाई स्वरोजगार बनाउने उद्देश्यले हस्तकला तालिमसमेत दिइँदै आएको अध्यक्ष टीका सुवेदीले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षदेखि सहकारीले कम्प्युटर प्रणालीमार्फत वित्तीय कारोबार, रेमिट्यान्स सेवा, क्यूआर कोड र बचत संकलनका लागि ट्याप प्रणाली जस्ता प्रविधिमुखी सेवा सुरु गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा सहकारीले सदस्य संख्या १० प्रतिशतले बढाएर ३ हजार ७० पुर्याउने, शेयर पूँजी २० प्रतिशतले वृद्धि गरी १ करोड ९० लाख ६२ हजार ५०० पुर्याउने, कर्जा र निक्षेप वृद्धि गर्ने लगायतका योजना अघि सारेको अध्यक्ष सुवेदीले प्रतिवेदनमार्फत जानकारी दिए ।
२०६४ मा ५४ जना सदस्यले ५४ हजार शेयर पूँजीसहित स्थापना गरेको सहकारीको हाल कुल शेयर पूँजी १ करोड ५८ लाख ८५ हजार पुगेको अध्यक्ष सुवेदीले जानकारी दिए । सहकारीमा हाल १ हजार ६०१ महिला र १ हजार १३१ पुरुष गरी कुल २ हजार ७९२ जना सदस्य रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रेमकुमार श्रेष्ठ, मेचीनगर साकोसकी पुष्पा भण्डारी, असल कृषक रविचन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक प्रेमकुमारी सुवेदीले गरेकी थिइन् ।
सशस्त्र प्रहरीद्वारा काकडभिट्टासहित ६ नाकामा बीआईटी परिचालन
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेची क्राउन : क्षमादेवी बाहिरियो, सापकोटाको शेयर ५१ प्रतिशत
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
जमरकट्टेलको निधनमा प्याब्सन झापाद्वारा शोक विदा घोषणा
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
नगर शिक्षा प्रमुख भण्डारीले भने, ‘मलाई डुबाए’
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगरको सार्वजनिक सुनुवाईमा प्रश्नै प्रश्न प्रहार
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगरमा ३८ ज्यालादारी कर्मचारी निकालिए
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
कानुन विपरीत शुल्क उठाएका छैनौं : निजी विद्यालय मेचीनगर
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
