‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ, बढ्यो शो
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको जुत्ता’ले पहिलो दिन सबैभन्दा कम शो पाएको थियो । यसको देशव्यापी शो एक सय हाराहारी थियो । ‘बलिदान’ र ‘माइतीघर’ले भने झन्डै साढे तीन सय शो कब्जा गरेका थिए । तर, प्रदर्शनको एक हप्ता वित्दै गर्दा ‘हरिबहादुरको जुत्ता’ले शोमा बाजी मारेको छ । आइतबारदेखि सबैभन्दा धेरै शो नै यही फिल्मले पाएको छ ।
फिल्मका वितरक मनोज राठीका अनुसार फिल्मको देशव्यापी शो ११७ पुगेको छ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र अकुपेन्सीमा वृद्धि भएपछि हलहरूले फिल्मको शो बढाएको उनको भनाइ छ । दशैंको टीकापछि देशभर फिल्म हेर्ने दर्शकको चापमा उल्लेख्य वृद्धि देखिएको उनी बताउँछन् । अब फिल्मले छठसम्म राम्रो व्यापार गर्ने उनको विश्लेषण छ ।
‘हरिबहादुरको जुत्ता’ हेर्न देशभरका हलमा पारिवारिक दर्शक बढी देखिएका छन् । बालबालिका, किशोरकिशोरीसँगै लौरो टेकेर समेत वृद्धवृद्धा हल पुग्नुले फिल्मप्रति दर्शकमा उच्च उत्साह र रुचि रहेको देखिन्छ । फिल्मलाई दर्शकहरूबाट प्रतिक्रिया पनि सकारात्मक मिलेको छ । फिल्मको कथावस्तु, कलाकारहरूको अभिनय र संगीत पक्ष बढी रुचाइएको छ ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने लगायतको अभिनय रहेको छ । फिल्ममा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । सरोज ओली र मोहितवंश आचार्यले फिल्मको निर्माण गरेका हुन् ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...