जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी पुस्ताको आन्दोलनको क्रममा जीवन उत्सर्ग गरेका झापाका दुई सहिदहरुको स्मृतिमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
भदौ २४ गते झापाको बिर्तामोडमा जेनजी आन्दोलनमा सहभागि हुँदा जीवन उत्सर्ग गरेका सहिद दिनेश राजबंशी र ज्ञानेन्द्र सेढेई (गोपाल) को स्मृतिमा मेचीनगरका युवाहरुको समूह युथ फर सोसाइटी मेचीनगरले म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको सोसाइटीका सचिव योगेश घोर्साइले जानकारी दिए । युवाहरुलाई खेल प्रति प्रोत्साहित गर्न तथा सहिदहरुप्रति सम्मान गर्दै सहिद परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ थियो ।
‘सहिदहरु प्रति समर्पित म्याराथन दौड–५ के रोड रन’ नाम दिइएको प्रतियोगिता मेचीनगर १५ स्थित बिचार्नी चोकबाट धुलाबारी चोकसम्मको पाँच किलोमिटर सडकमा आयोजना गरिएको सोसइटीका सदस्य जयराम दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला र पूरुषको दुई समूह सहभागि हुने छन् भने प्रतियोगिता विहान ठिक ७ बजे मेचीनगर १५ स्थित बिचार्नी चोकबाट सुरु हुने छ ।
आयोजकले प्रतियोगिता सम्पन्न गर्न सागर राजबंशीको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सचिवमा योगेश घोर्साइ, कोषाध्यक्षमा खिरोज बराल र सदस्यहरुमा जयराम दाहाल, आकाश खाती, अनुज दाहाल र अविरल कटुवाल रहेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कारको राशी पाँच हजार, दोस्रो पुरस्कार तीन हजार र तेस्रो पुरस्कारको राशीे दुई हजार नगद तथा ट्रफी, पदक र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।
युथ फर सोसाइटी मेचीनगरले यस अघि इलाका प्रहरी कार्यालयलाई तीन थान कम्प्युटर हस्तान्तरण गर्नुका साथै जेनजी आन्दोलनका सहिद भएकाहरुको स्मृतिमा मेचीनगरका वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बसपार्क क्षेत्रमा विक्षारोपणका साथै डस्टबिन बितरणको कार्य सम्पन्न गरेको छ ।
सोसाइटीले यस अघि जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको धुलाबारी चोकमा रहेको धरहरा स्तम्भको समेत पुनःनिर्माण गरेको जनाएको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...