मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको मृत्यु
मेचीनगर । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।
उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको एक हप्तादेखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
उपचारकै क्रममा दिउसो १२ वजे मृत्यु भएको मेचीनगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


