इटाभट्टा ‘वुधवारे हाट बजार’मा स्थानियको भिडभाड
मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा हाट बजार सञ्चालनमा आएपछि स्थानियको भिडभाड बढेको छ । आज सञ्चालनको पहिलो हप्तामा स्थानियको उपस्थिती उलेख्य रहेको हो ।

। मेचीनगर–७ वडा कार्यालयको समन्वयमा बजार व्यवस्थापन समिति इटाभट्टाले हाटबजार सञ्चालनमा ल्याएको हो । हप्तामा एक पटक लाग्ने गरी बुधबारदेखि हाटबजार सञ्चालनमा आएपछि स्थानिय खुसी छन् । पहिलो पटक साप्ताहिक रुपमा हाट बजार सञ्चालनमा आएपछि स्थानीय किसान उत्साहित भएका हुन् ।

यो हाट बजारबाट उपभोक्ताले अर्गानिक वस्तु उपभोग गर्न पाउने र किसान लाभान्वित हुने विश्वास लिइएको छ । बुधबार मेचीनगरको मुख्यः बजार धुलाबारी तथा सिमापारीको पानीट्याकंी बजार बन्द रहने भएका कारण पनि साप्ताहिक रुपमा यहाँको हाट बजार बुधबार लाग्ने बताइएको छ ।

मेचीनगरका किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवद्र्धन गर्दै कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन मेचीनगरमा साप्ताहिक हाट बजार शुरु गरीएको हो । मेचीनगर –७ को वडा कार्यालय परिसरमा रहेका नगरपालिकाले निर्माण गरेका टहरामा स्थानीय व्यपारीले खरीद गरेका र किसानले उत्पादन गरेका तरकारीलगायत अन्य वस्तु बेचबिखनका लागि राखेका थिए ।

काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
