अपराधको अखडा होटल किङ्गसबरी, मासिक रकम असुल्छ प्रहरी

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा अपराध मौलाउँदै गएको छ । होटलभित्र विभिन्न अपराध र गुन्डागर्दी गर्ने क्रम बढ्दै गएको हो ।
पछिल्लो पटक होटल किंग्सवरीभित्रै एकजना पुरुष बाउन्सरले अमेरिकी नागरिकता भएकी एक नेपाली महिलालाई निर्घात कुटेका छन् । अमेरिकाबाट आफन्त भेट्न आएकी बिनिता न्यौपानेमाथि आइतवार राति होटल किंग्सवरीमा बाउन्सरले कुटपिट गरेका हुन् । होटल किंग्सवरीमा कोठा लिएर बसेकी बिनितालाई उनकी भान्जी अञ्जली कार्की भेट्न आएकी थिइन् । तर बाउन्सरले अञ्जलीलाई होटलमा प्रवेश गर्न दिएनन् । त्यसपछि बिनिता होटलको गेटतर्फ गएर आफ्नो गेष्ट हो भन्दै जानकारी गराउँदा विवाद बढ्दै गई होटलका बाउन्सरले बिनितालाई गालामा चड्कन हानेका हुन् । पिटाइबाट घाइते बिनितालाई उपचार गर्न अस्पताल लगिएको थियो ।
आइतवार रातिको सो घटनाबारे जानकारी गराउँदा होटल प्रशासनले वास्ता गरेन । जब बिनिताले नेपालस्थित अमेरिकी दूतावासलाई जानकारी गराउँदै इलाका प्रहरी कार्यालय बिर्तामोड पुगिन् ,अनि मात्र सो घटनाबारे होटल प्रशासनले चासो लियो । सोमवार नै विनिताले इलाका प्रहरी कार्यालयमा ठाडो निवेदन दिएकी छन् ।
पीडित महिलालाई मिल्न दवाव दिँदै होटल प्रशासनले घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ । प्रहरीले कुटपिटमा संलग्न बाउन्सरलाई पक्राउ गरेको छैन । जाहेरीका आधारमा उनलाई पक्राउ गर्ने जनाएपनि हालसम्म जाहेरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी बिजय श्रेष्ठले बताए । पीडित महिलाले अमेरिकी दूतावाससंगै पर्यटन विभागमा पनि घटनाबारे जानकारी गराइसकेकी छन् ।
होटल किंग्सवरीमा विभिन्न अपराधसंगै अपराधी लुक्ने थलोसमेत बनेको छ । गत भदौ १ गते बिर्तामोडमा एक महिलालाई ठक्कर दिएर एक भारतीय कार चालक किंग्सवरीमा लुकेर बसेका थिए । हनुमान पेट्रोल पम्पअगाडी पूर्वपश्चिम मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लुबी७६बी३९०८ नं को कारले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१६ प ६१०६ नं को स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बिर्तामोड १ बस्ने ३७ वर्षीया उमा अधिकारी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको थियो ।
ठक्कर दिएर फरार भएको कार र चालकलाई खोजी गर्ने क्रममा सो कार किङ्सवरी होटलको कम्पाउण्डमा फेला परेको थियो । कार र कार चालक भारत बागडुग्रा बस्ने ४३ वर्षीय पवन सहनीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । झापाका पाँचतारे होटलहरुमा जुवा खेल्न भन्दै गाडीमा आउने भारतीयहरुलाई सीमामा चेकजाँच नगरिँदा उनीहरुले लागूऔषध ओसारपसार गरिरहेको आशंकासमेत गरिएको छ ।
क्यासिनोमा जुवा खेलाउने गर्दा किङ्सवरीमा पटकपटक लफडा हुँदै आएको छ । क्यासिनोमा जुवा खेल्न नेपाली गएको र बाउन्सरले ग्राहक कुटेको जस्ता घटना सुनेर धेरै पटक किङ्सवरीमा जानु परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक पूर्व प्रहरी अधिकारीले बताए । उनका अनुसार स्थानीयहरु क्यासिनोमा हेर्न र खेल्न जान खोज्ने तर बाउन्सरले नदिने गर्दा धेरै पटक विवाद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख भएर आउँदै गर्दा प्रहरी उपरीक्षक राजन लिम्बूले झापाका क्यासिनो र डान्सबारमा निगरानी बढाउने बताएका थिए । झापाका ठूला भनिएका पाँचतारे होटलहरू किंग्सवरी र होटल मेची क्राउनमा सञ्चालन भइरहेको क्यासिनोमा अबैध तरिकाले नेपालीहरूलाई प्रवेश गराउने क्रम बढेर झापाका उद्योगी व्यापारीहरू आर्थिक संकटमा परेर आत्महत्या गर्नेसम्मका घटनाहरू हुन थालेपछि प्रहरीले निगरानी बढाउने बताएको थियो ।
तर, ती होटलहरुमा प्रहरी निगरानी बढाएको पाइएको छैन । होटल किंग्सवरीले नेपाल प्रहरीका उच्च ओहोदाका व्यक्तिलाई मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...