मेचीनगरमा श्रीमतीले आत्महत्या गरिन्, श्रीमान पक्राउ
बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मेचीनगर-१३ चारआलीमा भाडा बस्दै आएका यज्ञप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो । बुद्धशान्ति–३ का ढकालकी श्रीमती ३० वर्षीया कविता चिमरियाले भदौ ८ गते बिहान ११ बजे शौचालयको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
माइती पक्षले श्रीमान यज्ञप्रसादकै कारण कविताले आत्महत्या गरेको भन्दै प्रहरीमा आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएपछि ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काका अनुसार माइती पक्षले जाहेरी दिएपछि यज्ञप्रसादलाई हिजो पक्राउ गरिएको हो ।
अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।घटना हुनुभन्दा अगाडि सोही दिन बिहान यज्ञप्रसादले मादक पदार्थ सेवन गरेर कवितामाथि आज जे पनि हुनसक्छ भनेर माइती पक्षलाई धम्क्याएको बताइएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
