मेचीनगरमा श्रीमतीले आत्महत्या गरिन्, श्रीमान पक्राउ
बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मेचीनगर-१३ चारआलीमा भाडा बस्दै आएका यज्ञप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो । बुद्धशान्ति–३ का ढकालकी श्रीमती ३० वर्षीया कविता चिमरियाले भदौ ८ गते बिहान ११ बजे शौचालयको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
माइती पक्षले श्रीमान यज्ञप्रसादकै कारण कविताले आत्महत्या गरेको भन्दै प्रहरीमा आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएपछि ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काका अनुसार माइती पक्षले जाहेरी दिएपछि यज्ञप्रसादलाई हिजो पक्राउ गरिएको हो ।
अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।घटना हुनुभन्दा अगाडि सोही दिन बिहान यज्ञप्रसादले मादक पदार्थ सेवन गरेर कवितामाथि आज जे पनि हुनसक्छ भनेर माइती पक्षलाई धम्क्याएको बताइएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
