एस झापाको स्थापना दिवसमा टिकटक प्रतियोगिता
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको सो विषयमा जानकारी दिएको हो ।
‘सुशासन र रोजगारी समाजवादको तयारी ’विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हो । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ ।
पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि शेयर, भ्यूज र लाइकको आधारमा उत्कृष्टता मापन गर्ने छ ।
भदौ ८ गते विहान १० बजेभित्र उक्त कन्टेन्टको शेयर, भ्यूज र लाइकको आधारमा ५० प्रतिशत र निर्णयक मण्डलले प्रस्तुतिको आधारमा ५० प्रतिशत अंकभारका आधारमा उत्कृष्ट छनोट गर्ने उनले बताए ।
पार्टीको स्थापना दिवस भदौ ९ गते आयोजना गरिने कार्यक्रममार्फत सो प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिने बताइएको छ ।
यसैगरी पार्टीले झापाका १५ वटै पालिकामा विपन्न परिवारको आवास निर्माणमा खटिएको जानकारी दिएको छ ।
पार्टी सदस्यको योगदानमा आधारित रहेर विपन्न परिवारको घर निर्माण गरिदिने अन्तरगत भद्रपुर(२ पृथ्वीनगरकी इन्द्रमाया खातीको लागि आवास निर्माणको सुरूवात गरिएको पार्टीले बताएको छ ।
पत्रकार सम्मेलनमा झापा पार्टीका अध्यक्ष भट्टराई, पूर्व अध्यक्ष वेदराज रेग्मी, कोशी प्रदेश सचिवालय सदस्य शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन झापाका अध्यक्ष गोविन्द ल्वागुनले गरेका थिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...