‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन
मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का दिपेश तिवारीले नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएका छन् । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर तिवारी र सुनिलसिल शर्मा आजदेखि सैलुन व्यवसाय सुरु गरेका हुन् ।
उनीहरुले सञ्चालन गरेको लगनशीलता सैलुनको रिविन काटेर उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
नगरप्रमुख बुढाथोकीले सीप सिकेर उद्यमी बन्न चाहानेलाई नगरपालिकाले तालिम, आर्थिक र प्राविधिक सहयोग गर्ने बताए । नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कपाल काटेर सैलुनको सुरुवात गरेका थिए । सैलुनका सञ्चालकहरुलाई पनि नगरपालिकाले आधुनिक प्रविधिको दुईवटा कुर्सी उपलब्ध गराएको छ ।
नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सहभागी भएर सीप सिकेर आत्मनिर्भर बन्ने उदेश्यले सैलुन सञ्चालन गरिएको सञ्चालक तिवारीले बताए ।
उद्घाटन कार्यक्रमको सहजीकरण नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


