कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.को प्राविधिक सहयोगमा गाउँपालिका ५ स्थित रेडक्रसको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले गाउँपालिकाको तर्फ बाट चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमको संक्षिप्त गतिविधिका प्रस्तुत गरेका थिए ।कार्यक्रममा सहभागीहरुले शिक्षा,स्वास्थ विकास निर्माणका बारेमा सुझाव तथा प्रश्नहरु राखेका थिए। कार्यक्रममा नेपाली कंग्रेसका कमल सभापति खगेन्द्र भण्डारी, एमाले कमल सचिव विरेन्द्र अधिकारी, रास्वपा कमल सभापति केदार चापागाईंलगायतले आ–आफ्नो सुझाव राखेका थिए।
सहभागीका तर्फ बाट राखिएका जिज्ञासाको गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष न्यौपाने तिवारी र प्रमुख प्रसाशकिय अधिकृत ढकाल, ३ नम्वर वडा अध्यक्ष लालबहादुर विष्टले जवाफ दिएका थिए। कार्यक्रमको सहजीकरण भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.का तर्फ बाट बाबुराम निरौलाले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
