भ्रष्टाचारविरुद्ध एकीकृत समाजबादीले अभियान चलाउने

झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी भट्टराईले पार्टीले अब भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीको सम्पन्न पदाधिकारी बैठकमा बोल्दै उनले अब भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताएका हुन ।
पार्टीको सम्पन्न पदाधिकारी बैठकमा बोल्दै उनले कतिपय भ्रष्टाचारका घटनाले झापा जिल्लाको बद्नामी भएको र त्यसको छानविनमा ठूला भनाउँदा राजनीतिक दलहरु मौन बसेको आरोप लगाए।
एकीकृत समाजबादी भ्रष्टाचार र बेथिति सहेर नबस्ने पार्टी भएको दावी गर्दै उनले गिरीबन्धु र भूटानी शरणार्थी प्रकरणको छानविन गरिनु पर्ने माग गरे ।
विर्तामोडमा भएको बैठकमा पार्टीका झापा सह इन्चार्ज निलमणी बराल, पूर्ब अध्यक्ष बेदराज रेग्मी, प्रदेश कमिटी सदस्यद्वय शुशिला तिवारी र श्रीप्रसाद सिटौला, जिल्ला सचिब सानुकुमार लामा, उपसचिवद्वय श्रीप्रसाद मिश्र र उदय बराइलीको उपस्थिति रहेको थियो ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...