भ्रष्टाचारविरुद्ध एकीकृत समाजबादीले अभियान चलाउने
झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी भट्टराईले पार्टीले अब भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीको सम्पन्न पदाधिकारी बैठकमा बोल्दै उनले अब भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताएका हुन ।
पार्टीको सम्पन्न पदाधिकारी बैठकमा बोल्दै उनले कतिपय भ्रष्टाचारका घटनाले झापा जिल्लाको बद्नामी भएको र त्यसको छानविनमा ठूला भनाउँदा राजनीतिक दलहरु मौन बसेको आरोप लगाए।
एकीकृत समाजबादी भ्रष्टाचार र बेथिति सहेर नबस्ने पार्टी भएको दावी गर्दै उनले गिरीबन्धु र भूटानी शरणार्थी प्रकरणको छानविन गरिनु पर्ने माग गरे ।
विर्तामोडमा भएको बैठकमा पार्टीका झापा सह इन्चार्ज निलमणी बराल, पूर्ब अध्यक्ष बेदराज रेग्मी, प्रदेश कमिटी सदस्यद्वय शुशिला तिवारी र श्रीप्रसाद सिटौला, जिल्ला सचिब सानुकुमार लामा, उपसचिवद्वय श्रीप्रसाद मिश्र र उदय बराइलीको उपस्थिति रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


