‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनलमा
मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर-७ स्थित जोरसिमलमा जारी ‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
रेडहर्स इलामको जितका लागि दिपेश राई र सन्देश खवासले गोल गरे । प्रतियोगितामा अवधिभर धरानलाई दबाबमा राखेको रेडहर्स इलामको तर्फबाट दिपेशले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६८ औं मिनेटमा सन्देशले गोल गर्दै रेडहर्सको अग्रता दोब्बर बनाए ।
यता पहिलो हाफ आक्रमक खेलेको धरान दोस्रो हाफमा लय गुमाउन पुगेको थियो । फितलो प्रदर्शनी गरेको धरानले दोस्रो हापको अतिरिक्त समयमा इलामलाई केही दबाब सृजना गर्दै खेलको ८२ औं मिनेटमा मिजास लिम्बूले एक गोल फर्काए ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम रेडहर्सका दिपेश राई घोषित भए । उनलाई बागमती प्रदेशका पुर्व प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले नगद दुई हजार पाँच सयसहित ट्रफि प्रदान गरे ।
भोलिको खेल आयोजक जोरसिमल युवा क्लब र उर्लाबारी एफसी मोरङबिच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
पुर्वका ८ टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर : पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
महालक्ष्मी सहकारीकाे साधारणसभा : पत्रकार घिमिरेसहित कर्मचारीलाई सम्मान
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
गृहलक्ष्मी सहकारीको साधारण सभा : अध्यक्षमा पुन : श्रेष्ठ
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ, बढ्यो शो
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
