‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनलमा
मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर-७ स्थित जोरसिमलमा जारी ‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
रेडहर्स इलामको जितका लागि दिपेश राई र सन्देश खवासले गोल गरे । प्रतियोगितामा अवधिभर धरानलाई दबाबमा राखेको रेडहर्स इलामको तर्फबाट दिपेशले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६८ औं मिनेटमा सन्देशले गोल गर्दै रेडहर्सको अग्रता दोब्बर बनाए ।
यता पहिलो हाफ आक्रमक खेलेको धरान दोस्रो हाफमा लय गुमाउन पुगेको थियो । फितलो प्रदर्शनी गरेको धरानले दोस्रो हापको अतिरिक्त समयमा इलामलाई केही दबाब सृजना गर्दै खेलको ८२ औं मिनेटमा मिजास लिम्बूले एक गोल फर्काए ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम रेडहर्सका दिपेश राई घोषित भए । उनलाई बागमती प्रदेशका पुर्व प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले नगद दुई हजार पाँच सयसहित ट्रफि प्रदान गरे ।
भोलिको खेल आयोजक जोरसिमल युवा क्लब र उर्लाबारी एफसी मोरङबिच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
पुर्वका ८ टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
लैङ्गिक हिंसा रोकथामबारे आमा समूहलाई अभिमुखीकरण
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
विद्यार्थीलाई मनोसामाजिक स्वास्थ्य र सुरक्षित स्थानबारे सचेतना
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर–४ : महिलालाई कृषि–पर्यावरणीय खेती तालिम
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगरमा ‘दोस्रो आदर्श इण्डो कराते खुल्ला प्रतियागिता’ हुने
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टामा पर्यटन विकास र सम्भावनाबारे अन्तरक्रिया
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
‘प्रमाणबिना दोषी नठहर्याऊँ, प्रहरीको मनोबल नखसालौँ’
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गर्यो ‘हाम्रो खबरपाटी’
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
