अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन ९ग्क्प्ब्क्ष्० अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ।
नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन् ।
विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन् ।
उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक, खेल प्रशिक्षक, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
वडाध्यक्ष ओलीले झापा नेशनल स्कूल पढाइसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएको बताउँदै विद्यालयको सफलताका लागि निरन्तर योगदान दिन आग्रह गरे।
विद्यालयका फाउण्डर प्रिन्सिपल कमल भेटवालले यो सफलता विद्यार्थी, प्रशिक्षक, अभिभावक र विद्यालयको संयुक्त प्रयासको नतिजा भएको बताए । उनले विद्यालयले शिक्षासँगै अतिरिक्त गतिविधिमा पनि विशेष ध्यान दिइरहेको उल्लेख गरे ।
यसै प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै मेचीनगर–७ कै छवि भट्टराईले कातामा स्वर्ण र कुमुतेमा कास्य, तथा रोहित श्रेष्ठले कुमुतेमा स्वर्ण पदक जितेका थिए। यस ऐतिहासिक प्रदर्शनका कारण नेपाल दोस्रो स्थानमा रहन सफल भयो ।
प्रतियोगितामा नेपालको अफिसियल टोलीमा विष्ण मोते, सञ्जीत मोहली, हेमन्त सुवेदी, मदन भण्डारी, रूद्र सिलवाल, चन्द्रबहादुर राई तथा टिम मेनेजर रोनक थापा सहभागी थिए ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...